स्रोत नखुलेको नगद सहित पक्राउ

काठमाडौं, १८ भदौ

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३९ लाख ५० हजार ५ सय रुपैयाँ सहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-६ बस्ने २२ वर्षीय टिकाराम भट्टराईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ९६७४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।