गीतल प्रतिष्ठानद्वारा पुरस्कृत स्रस्टाहरूको नाम सार्वजनिक

तनहुँ, मंसिर १० / आकाश अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्मर अधिकारीको प्रमुख आतिथ्यमा दमौलीस्थित अनसन चौतारीमा आयोजित एक कार्यक्रममा  सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले हरेक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न राशिको पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूको नाम सार्वजनिक गरेको छ।

पुरस्कार छनौट समितिका संयोजक साथै संस्थाका सल्लाहकार महाप्रसाद हड्खलेले “क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७९” वरिष्ठ साहित्यकार डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गर्ने घोषणा गर्नु भएको छ । उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।

त्यस्तै “नेपाल अधिराज्यमा तनहुँ वाङ्मय पुरस्कार २०७९” नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति प्राज्ञ डा. जगमान गुरुङलाई दिने घोषणा गरिएको छ । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।