चीनको युक्रेन शान्ति योजनामा बेलारुसको ‘पूर्ण समर्थन’

एजेन्सी । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले आफ्ना चिनियाँ समकक्षी सी चिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर सहयोगी लुकाशेन्कोले युक्रेनमा मस्कोको युद्धबारे धारणापत्र प्रकाशित गरेपछि लुकाशेन्कोले चीनको राजधानी बेइजिङको राजकीय भ्रमण गर्न लागेका हुन् ।

मस्कोले आफ्नो युरोपेली छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्न असफल भएको भन्दै पश्चिमी देशहरूले चीनको आलोचना गर्दै आएका छन् । संयुक्त राज्य अमेरिका र नेटोले हालै रुसलाई हतियार स्थानान्तरण गर्नेबारे विचार गरिरहेको हुन सक्ने दाबीप्रति उग्र प्रतिक्रिया व्यक्त गरेको छ ।

उक्त पत्रमा युक्रेनका सहयोगीहरूले शङ्का व्यक्त गरेका थिए भने रूसले उक्त प्रस्तावलाई स्वीकार गरेको थियो । तर, द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि ‘अहिले’ सर्तहरू नभएको बताएको थियो ।

लुकासेन्कोले आफ्नो भ्रमण र चिनियाँ अधिकारीसँगको भेटवार्ताबारे भने, ‘आजको बैठक अत्यन्त कठिन समयमा भइरहेको छ, जसले नयाँ, अपरम्परागत दृष्टिकोण र जिम्मेवार राजनीतिक निर्णयको माग गर्दछ ।’

उनले सीलाई भने, ‘युद्धले कसैको पनि विजय नहुने हुँदा उनीहरू सबैभन्दा पहिले विश्वव्यापी मुठभेडमा फस्नबाट रोक्नेतर्फ लक्षित हुनुपर्छ । त्यसैले बेलारुस सक्रिय रूपमा शान्ति प्रस्तावहरू लिएर आइरहेको छ र तपाईंले अगाडि सारेको अन्तर्राष्ट्रिय सुरक्षाको पहललाई पूर्ण समर्थन गर्दछ ।’

बेलारुसले चीनसँग प्राविधिक सहयोग बढाउन चाहेको पनि उनले बताए ।