कल्पतरू शतांक तथा ‘मुक्तक ज्योत्स्ना’ लोकार्पण

मिति २०८० जेठ २४ साहित्य सदन रामहिटी काठमाडौँमा प्रेस काउन्सिल पुरस्कारद्वारा पुरस्कृत क वर्गको राष्ट्रिय पत्रिका ‘कल्पतरु’ सय अंक पुगेको उपलक्ष्यमा भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

कार्यक्रममा कल्पतरु शतांकको लोकार्पण गरिएको थियो । यसैगरी कल्पतरु पत्रिकाका प्रधान सम्पादक प्रकाशक नवराज पुडासैनी ज्योत्स्नाद्वारा रचित ूमुक्तक ज्योत्स्नाू को पनि सोहि अवसरमा लोकार्पण गरिएको थियो ।

उक्त समारोहमा कल्पतरु वर्ष स्रष्टा पुरस्कार २०७९ मधुवन पौडेल ,भोजराज रेग्मी मुखाले,मुरारि सिग्देल ,इन्दिरा चापागाईं,जेबी खत्री,टीकाराम रेग्मी ,नवीन पौडयाल,डा रुपक श्रेष्ठलाई अर्पण गरिएको थियो ।

कल्पतरु वर्ष अन्तर्राष्ट्रिय स्रष्टा सम्मान २०७९ ऋषि वस्ताकोटी लाई प्रदान गरिएको छ। कार्यक्रममा कल्पतरु पुरस्कार कोषमा सहभागी उदार मन भएका विशेष व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै कल्पतरु पत्रिकाको आजीवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथि वरिष्ठ गीतकार कन्चन पुडासैनी विशेष अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा ,वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे ,वरिष्ठ साहित्यिक पत्रकार विजय चालिसे,साहित्यिक पत्रकार संघको अध्यक्ष मोहन दुवाल ,वरिष्ठ साहित्यिक पत्रकार रामप्रसाद पन्त,अभिनव का सम्पादक गोविन्द घिमिरे वेदमणि,वियोगी बुढाथोकी ,मुक्तक सागरका सम्पादक नीशा केसी ,देवकी तिमल्सिना ,नवराज रिजाल,विष्णुबहादुर सिंह मंचमा आशिन रहेको कार्यक्रम प्रकाशक सम्पादक नवराज पुडासैनी ज्योत्स्नाको सभापतित्वमा सम्पन्न भएको थियो ।