मञ्जु थापाको ‘छोरीले जन्माएका आमाहरू’ पुस्तक लोकार्पण

काठमाडौँ, भाद्र २९,

‘छोरीहरूका कलमबाट सिर्जित बाह्र आमाको जीवनगाथा ‘छोरीले जन्माएका आमाहरू”, पुस्तक सार्वजनिक गरिएको छ ।

लेखक मञ्जु थापाद्वारा परिकल्पना र संयोजन गरिएको ‘छोरीले जन्माएका आमाहरू’ पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका आयोजना गरी सार्वजनिक गरिएको हो । यस पुस्तकमा नेपालबाहिर बसोबास गरिरहेका बाह्रजना छोरीले लेखेका आमाहरूका जीवनकथा समेटिएको छ ।

आमाहरूको जीवनी लेखन भनेको महिलाहरूको इतिहास लेखनको एक महत्वपूर्ण हिस्सा हो । आमाहरूको जीवनकथा लेखन बिना महिलाहरूको इतिहासको अपूरो लेखन मात्र हुन्छ” भन्ने महिलाकै बारेमा त्यस्मा पनि आमाको श्रम र जीवन संघर्षबारे धेरै नै थोरै सन्दर्भ अभिलेखिकरण भएको सन्दर्भमा  Her Story Documentation का दृष्टिले यो पुस्तक एक महत्वपूर्ण दस्तावेज बनेको छ, सञ्चारकर्मी आरती चटौत लेख्छिन्।

परम्पपागत रूपमा शक्ति र सत्तामा पुरूष नै हावी भएकाले एक महिला जो आमा हुदै गर्दा अनवरत श्रमको भारी बोक्न सदैब तयार हुन्छे वा वनाईन्छे , तिन्को त्यो अर्थसंग नसाटिने श्रम  सदैब ओझेल बनेको पृष्ठभूमिमा यो पुस्तक एक ‘हस्तक्षेप’ हो ।

यो पुस्तक ती आमाहरू जीवनी हो, जसमा आमाहरुले भोगेका विभिन्न पक्षबारे चर्चा गरिएको छ । समग्रमा त्यो बेलामा आमाहरुले देखेको, भोगेको, बाँचेको समाजको कथा छ । बाह्र जना आमाहरुको जीवनकथा पुस्तकमा समेटिएपनि यो पुस्तकले अहिले र पहिलेको समयलाई, महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको छ ।

यो पुस्तक विद्रोही एंव एकल आमाहरुको कथा भएको लेखक तथा अभियन्ता सन्तोष परियार बताउँछन् । उनले भने …अब आमालाई सहनशीलतासँग मात्र सतही व्याख्या गर्नु उचित हुँदैन । आमा विद्रोही चेतका पनि हुन्छन् ।’

त्यस्तै, यो पुस्तक छोरीले जन्माएको आमाको बारेमा लेखिएको भावनात्मक संवेदन मात्र होइन नारीवादको सत्यतालाई उजागार गरेको सञ्चारकर्मी तथा वक्ता आरती चटौतले बताइन् ।