बालकृष्ण भट्टराईको ‘समीक्षावली’ सार्वजनिक

काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानले साहित्यकार बालकृष्ण भट्टराईको समालोचनासंग्रह ‘समीक्षावली’ सार्वजनिक गरेको छ ।

साहित्यकार रमा शर्माले उक्त कृति लोकार्पण गरिन् । शर्माले त्रिभुवन विश्वविद्यालयमा लामो समय सहकर्मीका रूपमा रहेको प्रसंग उठाउँदै कृतिकार भट्टराईले साहित्य र शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गरिन् ।

हालै काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. भागवत ढकालले सार्वजनिक कृतिमाथि समीक्षात्मक टिप्पणी गरे । कार्यक्रममा साहित्यकारहरू ठाकुर शर्मा भण्डारी, रामप्रसाद पन्त, श्रीओम श्रेष्ठ रोदन, पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना लगायतले शुभकामना दिए ।

कृतिकार भट्टराई विगत २० महिनादेखि अस्वस्थ भई उपचाररत छन् ।