सांसदलाई धम्क्याएको आरोपमा क्यानडाद्वारा चिनियाँ कुटनीतिज्ञ निस्काशित

काठमाडौं : क्यानडा सरकारले एक चिनियाँ कुटनीतिज्ञलाई निस्काशित गरेको छ। एक विपक्षी सांसद माइकल चोङलाई धम्की दिएको आरोपमा चिनियाँ कुटनीतिज्ञ झाओ वेईलाई क्यानडाले निस्काशित गरेको हो।

सांसद माइकल चोङलाई चिनियाँ कुटनीतिज्ञले धम्की दिएको र हङकङमा रहेका चोङका आफन्तलाई तनाव दिने प्रयास गरेको भन्दै क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले एक वक्तव्यमार्फत् झाओलाई निस्काशित गरेको जानकारी दिए।

क्यानडाको राजधानी ओटावामा रहेको चिनियाँ दूतावासले आफ्ना कुटनीतिज्ञलाई निस्काशित गर्ने निर्णयको विरोध गरेको छ। क्यानडेली सांसद माइकल जोङले सन् २०२१ मा संसदमा चीनले विंगर मुसलमान समुदायमाथि गरेको व्यवहारलाई नरसंहारको संज्ञा दिने प्रस्ताव राखेका थिए। यो घटनापछि चिनियाँ कुटनीतिज्ञ झाओले माइकल चोङको व्यक्तिगत विवरण संकलन गरेको पाइएको अधिकारीहरुको दाबी छ।