विश्वकपको समाचार संकलनका क्रममा फोटो पत्रकार खालिद अल मिस्लामको निधन

कतार विश्वकपको समाचार संकलनका क्रममा अर्का पत्रकारको निधन भएको छ।

अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलका क्रममा लुसैल स्टेडियम पुगेका फोटो पत्रकार खालिद अल मिस्लामको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ।

कतारी च्यानल अल खास टिभीका फोटो पत्रकारको मृत्युु भएको हो।

यसअघि समाचार संकलनकै क्रममा अमेरिकी पत्रकार ग्रान्ट वालको मृत्यु भएको थियो।