साताको राशिफल (पुस १६ देखि पुस २२ सम्म)

मेष-(चु चे चो ला ली लु ले लो अ)–यो साता केही शुभ हुने देखिन्छ।आर्थिक पक्ष सबल हुनेछ।आटेको कार्य सफल हुने देखिन्छ।मित्रबाट सहयोग हुनेछ। नयाँ कार्य गर्ने अवसर मिल्नेछ।मनमा ताप चिन्ता रहनेछ।अधुरा कार्य सफल हुन अलिक समय लाग्ने छ।गलामा समस्या आउन सक्छ बिचार पुर्‍याउन पर्ने देखिन्छ।

बृष-(इ उ ए ओ वा बी वु वे वो)-धार्मिक स्थानको भ्रमण हुनेछ।आयआम्दानीको अवसर मिल्नेछ।आर्थिक रूपमा सुधार हुनेछ ।वैवाहिक जीवनमा बिस्तारै सुधार हुनेछ।क्रोधमा कमि हुनेछ ।सन्तानको चिन्ता बढेर जानेछ।रोगव्याधीको भय रहेको छ।सतर्क हुनु पर्ने देखिन्छ।छालाको रोगको भय देखिन्छ।

मिथुन-(का कि कु घ ङ छ के को हा)–आफन्त र परिवार सङ्ग मिलन हुनेछ।छोटो यात्रा हुनेछ।जागीरमा अनुकुलता रहन्छ।खर्चमा वृद्धि हुनाले मनमा अलिक चिन्ता ,वैदेशिक काममा बाधा छ।पतिपत्नीको बिचमा बिबाद सिर्जना होला।

कर्कट-(हि हु हे हो डा डि डु डे डो)–पद प्रतिस्ठामा कमी आउने देखिन्छ।आयमा समानता हुनेछ।जागिरमा अनुकुलता छ।दाम्पत्य जीवन सुखमय रहन्छ।मनमा अनावश्यक चिन्ता बढ्ने छ।रोगव्याधीको भय रहेको छ।बादविवादमा जीत हुनेछ।बैदेशिक यात्रामा कठिनाइ देखिन्छ।

सिह-(मा मी मु मे मो टा टि टु टे)–यो साता आत्मज्ञानमा वृद्धि हुनेछ।स्वास्थ्यमा सुधार आउला।साथीहरूबाट सहयोग प्राप्त हुन्छ।धन संचित हुनेछ।खर्च नियन्त्रण हुनेछ,कार्य सफलतामा अलिक विलम्ब छ।

कन्या-(टो प पी पु ष ण ठ पे पो)–लामो यात्रा हुने छ।काममा मन लाग्दै जानेछ।पारिवारिक शुखशान्ती रहनेछ।साहशमा वृद्धि,नया कामको थालनी हुनेछ।चोटपटक लाग्न सक्छ।साबधान रहनु उचित छ।सामान्य बादबिवाद हुने योग रहेकोले सतर्क रहनु राम्रो हुन्छ।

तुला-(रा री रु रे रो ता ती तु ते)–साहसमा बढोतरी जागिरमा पदोन्नति हुने योग छ।आम्दानीमा वृद्धि हुनेछ।दाम्पत्य र प्रेम जीवनमा त्यति राम्रो समय भने देखिदैन।पतिपत्नीमा मनमुटाव रहने देखिन्छ।

बृश्चिक-(तो ना नी नु ने नो या यी यु)–अलिक सजिलो समय छ।आटेको काम बिस्तारै सफल हुनेछ।।आफन्त र मित्रबाट साथ सहयोग प्राप्त हुनेछम।आम्दानीमा केही कमी आउछ।व्यापारबाट कम लाभ हुनेछ।उच्च रक्तचापको सम्भावना भएकोले सतर्क हुनु राम्रो छ।बोलीमा नियन्त्रण राख्नुपर्ने देखिन्छ।

धनु-(य यो भा भी भु धा फा ढा भे)–कार्यबाट लाभ हुनेछ।शत्रुहरु पराजित हुनेछन् ।सम्मानमा वृद्धि हुनेछ।नया वस्त्र र मिस्ठान्न मिल्नेछ।मनमा केही चिन्ता रहने देखिन्छ।शिक्षाक्षेत्रमा केही मेहनत गर्नुपर्ने देखिन्छ।भगवानको भक्तीमा मन लगाउदा शुभ हुनेछ।

मकर-(भो जा जी जु जे जो ख खि खु खे खो गा गी)–छोटो छोटो यात्रा हुनेछ तर यात्रा अर्थहिन हुनेछ्न अर्थात यात्राबाट फल प्राप्ती हुन कठिन छ।तथापि नयाँ कार्यले मनमा प्रसन्नता रहन्छ।आर्थिक रुपमा सबल हुँदै जाने समय छ। प्रेम र दाम्पत्य जीवनमा केही कस्ट रहन्छ।अरु सबै सामान्य भएपनी पारिवारिक सुखमा कमीनै छ।अध्ययन अध्यापन पक्ष भने सफल छ।

कुम्भ-(गु गे गो सा सी सु से सो दा)–राज्यबाट लाभ मिल्नेछ।केही आम्दानी हुनेछ।कारोबारमा लाभ छ।छोराछोरीबाट सन्तोष मिल्नेछ।जग्गा घर किनबेच हुने योग छ।दाम्पत्य शुखमा बिस्तारै सुधार हुनेछ ।जागीरमा पदोन्नति हुने संभावना देखिन्छ।

मीन-(दी दु थ झ ञ दे दो चा ची)–कार्यबाट लाभ छ।नयाँ कार्यको थालनी हुनेछ।उच्च पद प्राप्ती हुने प्रबलता छ।जागिरमा पनि संतोषजनक सुधार छ।आम्दानीमा सुधार हुँदै जानेछ।पुराना साथीहरूबाट सहयोग पाईन्छ। उत्साहमा वृद्धि भएर जानेछ।रोकिएको काम बन्नेछन।

 

ज्योतिष-मिलनकृष्ण पोखरेल

भरतपुर महानगरपालिका १०, चितवन

९८४५८८८१६५