सरकारले छुट्ट्याएको बजेट कुन क्षेत्रमा कति

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट मंगलबार सार्वजनिक गरिएको छ।
अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसद्‌मा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ कराेड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरेका हुन्।
आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेट चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा २१ दशमलव ५६ प्रतिशत बढी हो।
सरकारले स्वास्थ्य क्षेत्रमा ८६ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ भने सहरी विकासका लागि ९२ अर्ब ४२ करोड रुपैयाँ छुट्याएको छ।
शिक्षा क्षेत्रका लागि भने सबैभन्दा बढी २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ छुट्याएको छ।