प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा निर्देशन

चितवन, ९ असोज

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण गर्नुको साथै मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा आयोजित कार्यक्रममा आवश्यक निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले शान्ति सुरक्षा कायम राख्न, मानवअधिकारमा सम्वेदनशील रहन, आर्थिक पारदर्शिता कायम राख्न र आसन्न निर्वाचनमा परिचालनका लागि आवश्यक तयारी गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुको साथै बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतले ३ महिनामा सम्पादन गरेका कृयाकलाप प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, जिल्ला प्रहरी कार्यालय चितवन तथा मकवानपुर, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।