पाकिस्तानलाई नेपालले १ गोलले हरायो

नेपालद्वारा  पाकिस्तान १ गोलले पराजित भएको छ ।

बुधबार काठमाडौंको रंगशालामा भएको मैत्रिपूर्ण खेलमा नेपालले एक गोलको अग्रताले पाकिस्तानलाई पराजित गरेको हो।

पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफमा नेपालले एक गोल गरेको हो।

नेपालका लागि ८२औं मिनेटमा अन्जन विष्टले गोल गरेका थिए।