आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सुनसरी, ८ पुस

ईटहरी उपमहानगरपालिका-१२ खनारस्थित सोही उपमहानगरपालिका-११ बस्ने महेश पोखरेलले संचालन गरेको धागोको रिलाईन्स फ्याक्ट्रीमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा धागो बनाउने रूवा लगायत सामान समेत गरी करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थनीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।