संसार
यो
कस्तो
सं सा र
अ हं का र
लोभ मोहको
बेरिन्छ जालमा
श्रेष्ठ मानव पनि
हराउँदै पहिचान
भुल्दै मनुष्यत्व गुण ऊ
मग्न हुन्छ क्षणिक सुखमा
बिर्सेर आफ्नो परिचय
रोज्छ विलासी जीवन
खोजी रहन्छ सुख
भूल्छ जगतमा
आफ्नो ठेगाना
जी ब श्रे ष्ठ
भ ए र
किन
लौ?
कल्पना शर्मा ढुङ्गेल