रम्बास कविताःसंसार

संसार

यो
कस्तो
सं सा र
अ हं का र
लोभ मोहको
बेरिन्छ जालमा
श्रेष्ठ  मानव    पनि
हराउँदै      पहिचान
भुल्दै मनुष्यत्व  गुण ऊ
मग्न हुन्छ  क्षणिक सुखमा
बिर्सेर  आफ्नो  परिचय
‌ रोज्छ  विलासी जीवन
खोजी  रहन्छ सुख
भूल्छ  जगतमा‌
आफ्नो ठेगाना
जी ब श्रे ष्ठ
भ ए र
किन
लौ?

कल्पना शर्मा ढुङ्गेल

Comments are closed.