ढकालको ‘पौराणिक सूक्तिहरू’ प्रकाशन

काठमाडौं । साहित्यकार बद्रीप्रसाद ढकालको अर्को पुस्तक ‘पौराणिक सूक्तिहरू’ प्रकाशनमा आएको छ ।

यस कृतिभित्र पुराणका उपयोगी सूक्तिहरूलाई सरल नेपाली भावार्थकासाथ प्रस्तुत गरिएको छ ।

यो पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।