थापाको कृति ‘कुलदेवताको ऐतिहासिक विधान’ विमोचन

२०७९ मंसिर, चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२९ औंँ श्रृङ्खला चन्द्रागिरि नगरपालिकास्थित विन्ध्यवासिनी मन्दिरको हलमा पुस्तक लोकार्पण एवं स्वतन्त्र काव्यगोष्ठी गरी भव्यताका साथ सम्पन्न गरिएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको संयोजन क्याप्टेन रेशम थापाको सभापतित्वमा एबं पूर्वराजदूत झबिन्द्र अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी, नेपाली साहित्यमा २०६५ का मदन पुरस्कार विजेता निवन्धकार युवराज नयाघरे, २०७९ का मदन पुरस्कार विजेता नवराज लम्साल र विन्ध्यबासिनी मन्दिरका संरक्षक रामप्रसाद शर्मा र खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कन विशिष्ठ आमन्त्रितको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

सोही कार्यक्रममा विपस्वी स्रष्टा डा. उत्तम थापाद्वारा लिखित ‘कुल देवताको ऐतिहासिक विधान’ नामक पुस्तक प्रमुख अतिथि लगायत मन्चमा आसिन सम्पूर्ण विशिष्ट व्यक्तिहरूद्वारा सामुहिक रुपमा लोकार्पण गरिएको थियो ।विमोचित पुस्तकको बारेमा बोल्दै घनश्याम भण्डारीले जीवन सार्थक गर्नको लागि जुनयात्रा हुन्छ त्यो यात्राको पहिलो खुट्किलो धर्म हो सनातनहिन्दु धर्मावलम्बीहरूले धर्मको परिभाषा अलि व्यापक र स्पष्ट गर्ने गरेका छन् वेदले बताएको सदाचार र यज्ञादि कर्म गर्नु नै धर्म हो भन्नु हुँदै यो पुस्तकले कुल देवताको पूजामा पशुवलिको रुपमा आएको परम्परा गलत छ । यस्तो चलनलाई समयानुकुल परिवर्तन गरेर जानु पर्छ । कुलपूजाको पशुबलि आज आएर अप्रासंगिक भएको छ पशुबलिको सट्टा फल, खीर, रोटी चढाउने तर्फ नै लाग्नु पर्ने छ भन्ने पुस्तकको मूलभाव र सिद्धान्त बोकेको संक्षेपमा समिक्षा प्रस्तुत गर्नुभयो ।

सो कार्यक्रममा प्रमुख अतिथि अर्यालले विमोचित पुस्तकले यो युगको परिवर्तनको सामाजिक परिवर्तनको लागि सन्देश बोकेर यहाँहरूको हातमा आइसकेको छ भन्दै लेखक प्रति हार्दिक बधाई साथै शुभकामना व्यक्तगर्नु भयो । विशिष्ठ अतिथि नगरप्रमुख गिरिले चन्द्रागिरि न.पा भित्र सबैभन्दा बढी आफ्नै नाममा जमिन भएको यो मन्दिरको विकाश र निर्माणको लागि यस वर्ष ५० लाख बजेट विनियोजन गरेको जानकारी दिनु हुँदै आज विमोचित पुस्तकले समाजमा चेतना फैलाउन सक्नेछ शुभकामना दिनुहुँदै नेपाली साहित्यको विकाशमा जनार्दनजीको योगदान र साहित्य सेवा प्रशंसनिय छ भन्नु भयो ।

विशिष्ट अतिथि निवन्धकार युवराज नयाघरेले धर्र्तीका चरि अमिलो, दुबोदेखि ठूला वृक्ष वर पिपल सम्म यहीं छन्त्यतिकै हराउने र सितल छाहरी दिने यो कुरा लेखकले बुझेको हुनु पर्छ भन्नु भयो । अर्का विशिष्ट अतिथि नवराज लम्सालले रामायणकालिन युगमै लेखिएका रचना जस्तै लेख्नुको अर्थ छैन, लेख्नुहोस् छन्द वा गद्य, आख्यान जे लेखे पनि आजको युगवोध गरेर लेख्नुको अर्थ रहन्छ । सुन्दर उदाहरण सहित रचना सुनाउनु भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य प्रतिष्ठान र खोरिया साहित्य सिर्जना नेपालका अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली साहित्यमा कविताको लघुत्तम स्वरुप खोरियाको पर्वत नभएको छ खोरिया ४ पंङ्तिको संरचना हुन्छ पहिलो, दोस्रो, तेस्रो पङ्ति ८ अक्षर र चौथो ५ अक्षर गरी २९ अक्षरको एक पूर्ण खोरिया बन्ने सैद्धान्तिक जानकारीका साथ अधिकांश साहित्यकारहरूले खोरिया वाचनगर्नु भएकोमा गर्व र खुशी लागेको व्यक्त गर्नुहुँदै आज विमोचित पुस्तकका लेखकलाई निरन्तर साहित्य साधनामा लाग्नुहुन शुभकामनाका साथ बधाई व्यक्त गर्नुभई खोरिया र गद्यकविता वाचन गर्नुभयो ।

सीता पाण्डेको सुमधुर स्वर उद्घोषण, लक्ष्मीकान्त पाण्डेको स्वागत मन्तव्य राष्ट्रिय गान र दीपप्रज्जलन गरी प्रारम्भ उक्त कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरू शारदा आचार्य, दुर्गा रिमाल अधिकारी, जानुका थापा, ललिता कार्र्की मूना घिमिरे, गीता अर्याल, सीता घिमिरे, पूजन मिश्र, एक नारायण सापकोटा लगायत कविहरूले रचनावाचन गर्नुभएको समारोहमा करिव १२५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा पुस्तक प्रकाशक टिका कुमारी थापालगायतको टिमलाई परिचय र सम्मान गरिएको थियो ।

कार्यक्रममा पुस्तकका लेखक उत्तम थापाले मैले जे जतिबोल्नु पर्ने किताबमा उतारेको छु यसलाई पढि दिनुहोस् भन्नु हुँदै कुल देवता,धर्म र ईश्वर विशेष गरेर यी तीन शव्दहरू एबं यसका शब्दिक अर्थ बुझ्नका लागि मानवले हालको आधुनिक समाजको निम्न स्तरबाट माथि उठी चेतनाको द्वार उघार्न सक्नु पर्दछ भन्नु हुँदै कार्यक्रम संयोजन गरिदिएकामा धड्कनजीलाई धन्यवाद दिनुभयो ।