वासिङ्टन । मार्च महिनामा अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घटेको ‘नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर)ले जनाएको छ । घर बिक्रीको मौसमी रूपमा समायोजित वार्षिक दर ४४ लाख ४० हजारमा झरेको छ ।
अमेरिकी अर्थव्यवस्थाको एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारले गत वर्ष व्यापक आर्थिक सङ्घर्ष गर्नुपरेको थियो । विद्यमान घर बिक्री एक वर्ष पहिलेको मार्च महिनाको तुलनामा घटेको छ ।एनएआरका अनुसार औसत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले घटेर तीन लाख ७५ हजार ७०० अमेरिकी डलरमा झरेको छ । नबिकेका घरहरूको सूची अघिल्लो महिनाको तुलनामा मार्चको अन्त्यमा एक प्रतिशतले बढेर नौ लाख ८० हजार पुगेको छ ।
एनएआरका प्रमुख अर्थशास्त्री लरेन्स युनले भने, ‘घरको बिक्रीमा सुभारको सङ्केत देखिएको छ र सुरक्षा दरमा परिवर्तनको लागि अत्यधिक संवेदनशील देखिएको छ ।’
Comments are closed.