काठमाडाैं । अमेरिका पठाइदिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका-१४ बस्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठ रहेका काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । उनीहरुलाई काेटेश्वरबाट पक्राउ गरिएकाे हाे ।
उनीहरुले चन्द्रबहादुर रावललाई अमेरिका पठाइदिने र त्यहाँ मासिक तीन लाख रुपैयाँ कमाइ हुने प्रलाेभन देखाएर ४० लाख रुपैयाँ मागेका थिए । पीडित रावलबाट पटक-पटक गरेर १५ लाख रुपैयाँ लिएपछिउनीहरु फरार भएका थिए ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकाे कार्यालयले जनाएकाे छ । उनीहरु आमा र छाेरा भएकाे अनुसन्धानबाट खुलेकाे छ ।
Comments are closed.