काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन कुनै बेला पनि टुट्न सक्ने बताउनुभएकाे छ ।
आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाैडेलले अहिलेकाे सत्ता गठबन्धन आफ्नै अन्तरविरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने बताउनुभयाे ।
आफैँ भित्रका समस्या र अन्तरविरोधको भुमरीमा फसिरहेको भन्दै उहाँले गठबन्धन भित्रको तमासा आफूहरूले हेरिरहेको पनि बताउनुभयाे ।
उपाध्यक्ष पाैडेलले गठबन्धन फुटाउन एमालेले चासो नदिएको बताउनुभयाे । सत्ता गठबन्धन फुटिहाले एमालेले काँध थाप्छकि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयाे – ‘काँध थाप्ने-नथाप्ने प्रश्नै होइन नि, पहिले गठबन्धन कुन रुपमा अगाडि बढ्छ हेरौँ न ।’देशको विकासको बाधक नै अहिले गठबन्धन बनेको समेत उपाध्यक्ष पाैडेलले बताउनुभयाे – ‘यो देशको अग्रगती र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ’- उहाँले भन्नुभयाे ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन उपाध्यक्ष पाैडेल जनकपुर पुग्नुभएकाे हाे । समापन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली जाने तय भएपनि अन्तिमममा उहाँ जाने कार्यक्रम स्थगित भएकाे थियाे ।
Comments are closed.