आईपीएलमा पञ्जाव किंग्सको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा पञ्जाव किंग्स ४ विकेटले विजयी भएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १७५ रनको लक्ष्य पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै भेटायो ।लक्ष्य भेटाउने क्रममा पञ्जाबका साम करनले ६३, लियाम स्टेफेन लिभिङस्टोनले ३८, प्रभसिमरन सिंहले २६ र कप्तान शिखर धवनले २२ रनको योगदान गरे ।
दिल्लीका कुलदीप यादव र खलील अहमदले २/२ तथा इशान्त शर्माले एक विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले सबै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । उसका लागि डेभिड वार्नरले २९, मिचेल मर्शले २०, शाइ होपले ३३, रिषभ पन्तले १८, अक्षर पटेलले २१ र अबिशेक पोरेलले ३२ रन बनाएका थिए ।पञ्जाब किंसका हर्षल पटेल र अर्शदीप सिंहले दुई/दुई, राहुल चाहर, हरप्रीत ब्रार र कागिसो रबाडा एक/एक विकेट लिए ।

Comments are closed.