काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै छ ।
पार्टी सभापति शेरबहादुर देउवाले बदलिँदो राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो । संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाउनुभएको हो ।
बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । संसदमा पार्टीको भूमिका फेरिएको र संघीय संसद्मा पार्टीका पदाधिकारीहरू समेत फेरबदल भएको अवस्थामा समन्वय र परामर्शका लागि बैठक बोलाइएको हो ।
Comments are closed.