आज नेपाल र यूएई भिड्दै

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपालले युएईसँग खेल्दैछ ।

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मा जिम्बावेको हरारेमा सुरु हुनेछ ।

जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।

हालसम्म यी दुई टोलीबीचले १४ एकदिवसीय अन्तर्राष्ट्रियमा एक अर्काको सामना गरेका छन् । जसमा नेपालले ८ मा जित र ६ खेलमा हार बेहोरेको छ । हेड टु हेडमा यूएईविरुद्ध अगाडि रहेको नेपालले यसपटक पनि आफ्नो जित यात्रा कायमै राख्न चाहन्छ ।

नेपाल र युएईबीचको पछिल्लो पाँच खेलमा चार खेलमा नेपाल विजयी हुँदा एक खेल युएईले जितेको छ ।

युएईको टोली : मुहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।

नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।

Comments are closed.