इलाम-२ काे उपचुनावमा उम्मेदवार बन्न सुहाङ नेम्वाङकाे निवेदन

काठमाडौं । आगामी १५ वैशाख १५ गते हुने उपचुनावमा इलाम-२ मा उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिनुभएकाे छ ।

नेम्वाङले नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न निवेदन दिनुभएकाे हाे । पूर्व सभामुख एवं संविधानसभाका अध्यक्ष तथा एमाले सांसद् सुवास नेम्वाङको निधन भएपछि इलाम-२ मा उपचुनाव हुन लागेकाे हाे । सुहाङ सुवास नेम्वाङका छाेरा हुनुहुन्छ ।

आफूले शनिबार निवेदन दिएकाे सुहाङले सनराइज खबरलाई जानकारी दिनुभयाे । पार्टीले इलाम, इलामका जनता र पार्टीकाे हित हुनेगरी उम्मेदवार चयन गर्ने उहाँले बताउनुभयाे ।

एमाले इलाम जिल्ला कमिटीले उम्मेदवार चयन गर्न पार्टी उपाध्यक्ष उदयबहादुर राईकाे संयाेजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ ।  साे कार्यदलले उम्मेदवारका आकांक्षीहरुलाई निवेदन दिने भनेकाे थियाे । साेहीअनुसार सुहाङले उम्मेदवारी दिनुभएकाे हाे ।

Comments are closed.