काठमाडौं । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘बुलाकी’ले तीनवटा अवार्ड जितेको छ । सोमबार सम्पन्न महोत्सवमा ‘बुलाकी’ले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट फिल्म गरी तीनवटा अवार्ड जितेको हो ।
‘बुलाकी’बाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेतृको अवार्ड पाउँदा ‘एक भागवत एक गीता’बाट विपीन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे ।
लक्ष्मण सुनारले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे । ‘बुलाकी’ले एक लाख नगद पुरस्कारसहित उत्कृष्ट फिल्मको अवार्ड हात पारेका छ ।
‘एक भागवत एक गीता’ले उत्कृष्ट छायांकनको पनि अवार्ड हात पारेको छ । उत्कृष्ट पटकथाको अवार्ड ‘डेसान’ले पाएको छ ।
चैत १ गते सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा उद्घाटन भएको महोत्सव ५ गते सोमबार सकिएको थियो ।
Comments are closed.