उद्योगी-व्यापारीलाई दुःख दिए कारबाही गर्छौं;प्रहरी प्रशासनलाई गृहमन्त्रीको चेतावनी

– उद्योगी-व्यापारीलाई दुःख दिए कारबाही गर्छौं
वीरगन्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योगी व्यापारीलाई प्रहरी प्रशासनले दुःख दिए कारबाही गर्ने बताएका छन् ।वीरगन्जमा बिहीबार गृहमन्त्रालय र अर्थमन्त्रालयद्वारा आयोजित राजश्व अभिवृद्धि तथा चुहावट निन्त्रणसम्बन्धी गोष्ठीमा बोल्दै उपप्रधानमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
पछिल्लो समय मुलुकको उद्योग व्यवसायको क्षेत्र पनि अति राजनीतिको सिकार भएको भन्दै उनले राज्यलाई कर तिरेर व्यापार व्यवसाय गर्छु भन्नेहरूसमेत त्रसित बनेर बस्न परिरहेको बताए ।राजश्व चुहावट पूर्णरूपमा नियन्त्रणका लागि सरकारसँगै प्रहरी प्रशासन र निजी क्षेत्रका पनि उत्तिक्कै भूमिका रहेको उनले बताए ।राजश्व चुहावट पूर्णरूपमा नियन्त्रण गरी मुलुकको राजश्व संकलनमा वृद्धि गर्नका लागि अहिलेको सरकार लागि परेको बताएका छन् ।

Comments are closed.