उपेन्द्र यावदले केन्द्रीय समिति घोषणा गर्ने,जसपा नेपालमा चुनाव नहुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेतृत्व चयनका लागि चुनाव नगर्ने भएको छ । जसपा नेपालले पार्टी पदाधिकारीसहित केन्द्रीय समिति गठन सर्वसम्मतिबाट चयन गर्ने भएको छ ।

जनकपुरमा जारी जसपा नेपालको एकता महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले सर्वसम्मतिबाट चयन गर्ने बताएपछि हुनै लागेको चुनाव स्थगित गरिएको छ ।

उपेन्द्र बुधवार नै निर्विरोध अध्यक्षमा निर्वाचित भइसकेका छन् । अन्यले अध्यक्षमा दाबी नै नगरेपछि हिजो उनी निर्विरोध निर्वाचित भएका थिए ।

आज पदाधिकारीसहित अन्य सदस्यहरूको मतदान हुने भनिएको थियो । तर आज जनकपुरमा अवस्थित महाधिवेशनको हलमा यादवले मतदान नभई सर्वसम्मतले केन्द्रीय समिति चयन गर्ने घोषणा गरेको एक नेताले जनाकारी दिए । साथै यादवलाई पार्टीको सिङ्गो कमिटी छनोट गर्ने अधिकार दिइएको छ ।

जसपा नेपालमा २० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय समिति रहने विधानमा व्यवस्था रहेको छ ।

आज सबै पदका लागि उम्मेदवारी समेत परेको थियो । तर सर्वसम्मतिले नेतृत्व टुंगो लगाउने भएसँगै सबैले आ–आफ्नो पदबाट उम्मेदवारी झिकेका छन् । अब उम्मेदवारी परेको पदबाट अन्य पदमा पनि नेतालाई व्यवस्थापन गर्न सकिने बताइएको छ ।

Comments are closed.