ऋण लगानीमा सुधार, १५ दिनमा ४० अर्ब रुपैयाँ विस्तार, निक्षेप ७५ अर्ब बढ्यो

काठमाडौं। चालु आर्थिक वर्षयता बैंकहरुको निक्षेप ४२५ अर्ब रुपैयाँले बढेको छ। पछिल्ला दिन ऋण लगानी पनि वृद्धि हुन थालेको छ।नेपाल राष्ट्र बैंकका अनुसार, बैंकहरुसँग कुल निक्षेप ५२ खर्ब २९ अर्ब रुपैयाँ छ। असारमा यो ५० खर्ब ४ अर्ब रुपैयाँ थियो।
ऋण विस्तार उल्लेख्य नबढेपनि सामान्य सुधार हुन थालेको छ। असार मसान्तदेखि असोजसम्मा ९३ अर्बले बढेको ऋण कात्तिकयता १२० अर्बले बढेको छ। असार मसान्तयता कुल २१३ अर्बले ऋण बढेको छ।निक्षेप साउन १ देखि असोज समान्तसम्म २७६ अर्बले बढेको थियो। त्यसयता १४९ अर्बले बढेको छ। पछिल्लो समय बढेको निक्षेप सरकारी खर्चका कारणले भन्दा पनि विदेशबाट आएको रेमिटेन्सका कारणले हो।
माघ लागेपछि पनि निक्षेपमा उच्च सुधार छ। पछिल्लो १५ दिन निक्षेप ७५ अर्ब रुपैयाँले बढेको छ। ऋण भने ३९ अर्ब रुपैयाँले बढेको छ। चालु वर्षयताको वृद्धि दर हेर्दा पछिल्लो १५ दिनमा ऋणको विस्तार राम्रो भएको हो।

Comments are closed.