काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कसैकाे विरुद्ध नभएकाे प्रष्ट पार्नुभएकाे छ ।
पार्टीकाे पार्टीकाे झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत मंगलबार ओखलढुंगाकाे हर्कपुरमा आयाेजित जनसभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले याे अभियान देश, जनता र विकासका लागि भएकाे बताउनुभयाे ।
विकासको नेतृत्व एमालेले मात्रै लिन सक्ने भन्दै उहाँले त्यसकै लागि एमालेले कठिन यात्रा थालेकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘यसमा सबै खुशी हुनुपर्छ, २ हजार किलाेमिटर बढी हिँड्ने यात्रा हामीले गरिरहेका छाैं, याे कठिनाइ हामी किन उठाइरहेका छाैं, वास्तवमा देश जाग्नुपर्याे, तपाइँ हामी जाग्नुपर्याे, जागेर देश बनाउने अभियानमा सरिक हुनुपर्याे त्यसकारण, याे कसैकाे विरुद्ध हाेइन, देशकाे पक्षमा, जनताकाे पक्षमा, विकासकाे पक्षमा याे अभियान हाे, त्यसकारण यसमा कसैले चित्त दुखाउनुपर्ने आवश्यकता छैन ।’
Comments are closed.