काठमाडाैं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुआत गरेकाे छ ।
मलेसियामा आजदेखि सुरु भएको खेलमा हङकङलाई ८ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो । हङकङले दिएकाे ९४ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि कप्तान इन्दू बर्माले ४० र सीता राना मगरले नटआउट ३६ रन बनाइन् । बलिङतर्फ हङकङका इकुरा सहर र बेटी चानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङकाे हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । हङकङका लागि कतप्तान केरी चानले २१ रन बनाइन् ।
बलिङतर्फ नेपालका लागि पूजा महतो र रुविना क्षेत्रीले २-२ तथा कविता जोशी र सिता रानामगरले समान १-१ विकेट लिए ।
नेपालले भोलि भुटानसँग र फागुन १ गते माल्दिभ्ससँग खेल्नेछ ।
Trending Now
- Nepal prepares itself for HPV vaccination drive; GAVI provides Anti-cancer ‘HPV’ vaccine doses to Nepal
- Nepal Govt issues travel advisory for citizens visting Myanmar, Thailand, Cambodia and Laos
- Bollywood actor Harry Josh arrived in Kathmandu
- Why does Trump want to purchase Greenland?
- Three killed, including two journalists, in Haiti news conference
- Japan aims to boost annual infrastructure exports to 45 trillion yen
- ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात
- Partly cloudy in Kathmandu Valley today
- Meeting between Prime Minister Oli and the Pakistani Ambassador
- Festivals help to strengthen national unity: President
Comments are closed.