अछाम । अछामको कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । विमानस्थल निर्माण सुरू भएको ३२ वर्षपछि शनिबार तारा एअरको विमानले परीक्षण उडान गरेको हो ।परीक्षण उडान तारा एअरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले गरेका हुन् । उडानपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शनिबार नै विमानस्थल उद्घाटन गर्नुभएको छ ।२०४९ सालमा निर्माण सुरू गरिएको यस विमानस्थल २०५८ सालमा सम्पन्न भई सञ्चालनको तयारीमा थियो । तर तत्कालीन विद्रोही माओवादीले रिपिटर टावर ध्वस्त बनाएपछि परीक्षण उडान समेत भर्न नपाउँदै विमानस्थल बन्द भएको थियो । यसपछि एकैपटक विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो ।
Trending Now
- विमान दुर्घटनाको जिम्मा लिन रुसलाई अजरबैजानको अनुरोध
- पर्वलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने प्रयास गर्दै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्न जरुरी छ” : उपराष्ट्रपति यादव
- थप पाँच लाख क्यान्सरविरूद्धको एचपीभी खोप ल्याइयो
- At least 17,492 children killed in Gaza: UN
- शेरादरबार प्रकरणबारे गृहमन्त्री लेखकले लिए सीआईबीसँग ब्रिफिङ
- पार्टीमा युवा आवश्यक छ, नभए दलहरु अघि बढ्न सक्दैनन् :सभापति देउवा
- दुई हप्तामा तीन पटक सगरमाथा चढेकी पूर्णिमा सीएनएनको सूचीमा
- हेल्प नेपाल नेटवर्कले २५ औं वार्षिकोत्सव मनायो
- गुरुङ समुदायद्वारा आज तमु ल्होछार मनाइँदै
- President Poudel expresses grief over the death of former US President Carter