काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे राजीनामा मागेकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्दै कांग्रेस सांसद् प्रदीप पाैडेलले गृहमन्त्रीकाे राजीनामा माग्नुभएकाे हाे । सहकारी काण्डमा प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाइएकाे विषयमा कांग्रेसले जवाफ मागेपनि प्रधानमन्त्री प्रचण्ड संसद् छलेर माग्नुभएकाे बताउनुभयाे ।
उच्च नैतिकता देखाएर राजीनामा दिन समेत उहाँले गृहमन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभयाे । ‘गृहमन्त्री प्रश्न उठाउने पेसाबाट आउनुभएकाे हाे, प्रश्न उठेकाे मानिस गृहमन्त्री हुनुहुँदैनथ्याे, प्रश्न उठेकाे मानिसलाई प्रधामन्त्रीले गृहमन्त्री बनाउनुहुँदैन्थ्याे, अनुसन्धानकाे घेरामा रहेकाे व्यक्ति सरकारकाे मुख्य पदमा हुँदा सहकारी पीडितकाे माग कसरी पूरा हुन्छ ? पीडितहरुकाे विश्वास जित्न नसकेकाे सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ? म आग्रह गर्न चाहान्छु मेरा मित्र माननीय गृहमन्त्रीज्यूलाई उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस्’- सांसद् पाैडेलले भन्नुभयाे ।
सुशासनकाे रटान लगाउने प्रधानमन्त्रीले प्रश्नकाे घेरामा उभिएर अनुसन्धान गर्ने मन्त्रालयकाे जिम्मेवारी दिँदा कसरी सुशासन हुन्छ भन्ने प्रश्न उहाँले गर्नुभयाे ।
सुनकाण्डमा छानबिन आयाेग गठनकाे माग गर्ने तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई सांसद् पाैडेलले धन्यवाद दिनुभयाे । सुनकाण्डकाे प्रतिवेदनमा छानबिनकाे दायरामा ल्याइएका व्यक्तिहरुलाई कारबाहीकाे दायरामा ल्याउन माग गर्दै उहाँले प्रश्न गर्नुभयाे – ‘सुन काण्डमा धेरैमाथि प्रश्न उठेकाे छ, प्रश्नैप्रश्नले घेरिएका मानिसका बीचमा बसेर तपाइँले सुशासन लागू गर्न सक्नुहुन्छ ?’
उहाँले प्रश्नकाे घेराभित्रकाे रहेकाे कुनै पनि व्यक्तिलाई सरकारमा लाने नजिर स्थापना हुनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीबाट त्यसकाे इमान्दार प्रतिबद्धता आउनुपर्ने बताउनुभयाे ।
सहकारी र सुनकाण्डकाे छानबिन नभएसम्म कांग्रेसले प्रश्न उठाइरहने भन्दै सांसद् पाैडेलले यसलाई गम्भीरतापूर्वक लिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
Comments are closed.