कार्यक्षमता कमजोर भएका राजदूतलाई फिर्ता बोलाउँदैछौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएका छन्।सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने,’आर्थिक र कूटनतीति नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दछु । कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गर्दैछौं ।’उनले आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि ध्यान दिएको बताए।प्रधानमन्त्रीले मुलुकमा लगानी ल्याउने भूमिका खेल्ने र पर्यटन वृद्धिका लागि कूटनीतिक गतिविधि हुनुपर्ने बताए।उनले नेपालले विदेशमा पठाएका राजदूत र कूटनीतिक नियोग प्रमुखहरूलाई कार्यक्षमताका आधारमा मात्रै पदमा राख्ने स्पष्ट पारे ।

Comments are closed.