कालाेसूचीमा परे ५ निर्माण कम्पनी (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न ५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

विभिन्न सरकारी निकाय अन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने ५ वटा कम्पनीलाई कालो सूचीमा राखिएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचनामार्फत जानकारी दिएकाे छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी ती कम्पनीलाई कालोसूचीमा राखिएको हाे ।

तोकिएको जिम्मेवारी पूरा नगरेको भनी सार्वजनिक निकायबाट सिफारिस भएअनुसार मंसिर १८ गतेको निर्णय बमाेजिम ती कम्पनीलाई कालाेसूचीमा राखिएकाे सूचनामा उल्लेख छ ।

कालोसूचीमा राखिएका व्यवसायी-आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने पनि कार्यालयले जनाएकाे छ ।

Comments are closed.