काठमाडौं । कुमारी बैंकको २९ लाख ६५ हजार कित्ता बराबरको सस्थापक सेयर आजदेखि बिक्री खुल्ला भएको छ । केहीँ संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर बेच्न चाहेपछि बैंकले लिलामीमा राखेको हो । बैंकको सूचनाअनुसार कूल २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरिएको छ । सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन भने न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । शुक्रबार अर्थात् बैंशाख १५ गतेदेखि खुल्ला भएको आवेदन जेठ २ गतेसम्म जारी रहनेछ ।
Trending Now
- वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते
- मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
- राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
- भारतसँग सम्बन्ध सुधार्छौं : पाकिस्तान
- जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- संसद् सधैँ बन्धक बन्न सक्दैन: सभामुख घिमिरे
- संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार
- चितवनको देवनगर सबस्टेसन उद्घाटन
- पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन
- राति १२ बजेदेखि मधेसका चार जिल्लाको सीमानाका बन्द
Comments are closed.