छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जनाको मृत्यु

 

काठमाडौं, ६ फागुन

डोटी, केआई सिंह गाउँपालिका-१ लोलीमा सु.प.प्र.०१००१ च ३३२९ नम्बरको जिप आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपका चालक सोही गाउँपालिका-१ महादेबी बस्ने ३६ वर्षीय गोबिन्द शाहीसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य २ जनाको सुजङ अस्पताल राजपुर हुँदै थप उपचारको लागि शैलेश्वरि अस्पताल दिपायल रिफर गरिएको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीमा बा.४ ख ४४५८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-३ बस्ने ८१ वर्षीया बिमला देबी अर्यालको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वर्दिया, बाँसगढी नगरपालिका-३ उत्तरभकारीमा म.१ ख ८२८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ मदाहा बस्ने २३ वर्षीया ममता सुनारको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-४ लंकु पुलस्थित सडकमा बा.प्र.०३-००१ च १३६७ नम्बरको गाडीले बा.प्र.०३-००४ प ४४६७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक बारा घर भई हाल चितवन भरतपुर महानगरपालिका-४ बेलचोक डेरा गरी बस्ने ३४ वर्षीय प्रभाकर पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, धोबिनी गाउँपालिका-४ पुल चोकमा लंगडीबाट हरिहरपुरतर्फ जाँदै गरेको प्रदेश २ -०३-००६ प ५६५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सखुवा प्रसौनी गाउँपालिका-६ घर भएका १४ वर्षीय दिपेश कुमार यादवको घटनास्थलमै मृत्यु भएको छ ।

बारा, फेटा गाउँपालिका-३ स्थित सडकमा बा.२८ प ५२९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरी, हरिनगर गाउँपालिका-१ स्थित सडकमा को.२५ प ८८०९ नम्बरको मोटरसाइकलको ठक्करबाट भारत अररीया अचरा बस्ने सुबोध मुखीयाको छोरी ७ वर्षीया नैना कुमारी मुखीयाको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ सुख्खा बन्दरगाहमा युपि ४०० जेड ७८६९ नम्बरको ट्याक्टरबाट लडेर चालक भारत बहराईज बाबागंज घर भएका ४० वर्षीय जय प्रकाश बर्माको शनिबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.