जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

महोत्तरी, ३० जेठ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.