जिप दुर्घटनामा ज्यान गुमाएकाको शोकमा तिनाउनमा बिदा

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–६ मा मंगलबार भएको जिप दुर्घटनामा ज्यान गुमाएको शोकमा बुधबार तिनाउ गाउँपालिकाले शोक बिदा दिएको छ ।

गाउँपालिकाले पालिकाभरका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयमा बिदा दिने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको बैठकले सो दुर्घटनामा ज्यान गुमाउने तिनाउका पाँच जनाको परिवारलाई ३५ हजार रुपैँयाको दरले राहत दिने निर्णय पनि गरेको छ ।

सो दुर्घटनामा ज्यान गुमाएका १० जना मध्ये पाँच जना तिनाउका थिए । दुर्घटनामा परी आठ जनाको घटनास्थलमा नै र दुई जनाको उपचारका क्रममा ज्यान गएको थियो । दुर्घटनामा घाइते १६ जनाको उपचार जारी छ ।

Comments are closed.