जेनजी र स्थानीय प्रशासनबिच बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा शुक्रबार भएको वार्तामा जेनजीका मागहरू सम्बोधन गर्ने सहमति भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित सुरक्षा निकायका प्रमुख उपस्थित वार्तामा जेनजीको तर्फबाट सम्राट उपाध्यायको नेतृत्वमा १८ जना सहभागी वार्तामा सहमति भएको हो ।
जेनजीहरुले आग्रह/ पूर्वाग्रह नराखी घटनामा संग्लनहरुलाई कारबाही हुनुपर्ने, घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति राज्यले बेहोर्नुपर्ने, जेनजी तथा जेनजीलाई सहयोग गर्ने सम्पूर्णको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने जिम्मेवार सुरक्षा अधिकारीलाई कारबाही गर्नुपर्ने, अरविन्द साहको तीन दिन अगाडिदेखिको कल डिटेल झिकाएर मुख्य व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्नुपर्ने लगायत माग राखेका थिए ।







