टीकापुर हत्याकाण्डमा मारिएका इन्सपेक्टरकी श्रीमतीको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । टीकापुर हत्याकान्डमा अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतमा आज दर्ता भएको छ ।

उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् । सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि शारदा रिट लिएर सर्वोच्च पुगेपनि त्यस दिन दर्ता भएको थिएन । भोलि अदालतमा सुनुवाइ हुने छ् ।

 

Comments are closed.