एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको छ ।
ट्रम्पविरुद्ध अनुसन्धान गर्ने अधिकारीलाई कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले बर्खास्त गरेका हुन् ।राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन नगर्ने आशंका गर्दै ती अधिकारीहरूलाई हटाइएको दाबी गरिएको छ ।यसैबीच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना रहेको छ ।
Comments are closed.