काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित एक जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो सांगी रहेकी प्रहरीले जनाएकाे छ । उनकाे साथबाट १ किलो ९ सय ७३ ग्राम कोकिन बरामद गरिएकाे प्रहरीकाे लागूऔषध नियन्त्रण ब्युरोले जनाएकाे छ ।
ती महिला इथियोपियाबाट आइतबार राति कतारको दोहा हुँदै साेमबार काठमाडाैंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी थिइन् ।काठमाडाैं ओर्लिएर भुटान जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएकाे हाे ।
उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Comments are closed.