त्रिभुवन विमानस्थलमा १४ केजी सुनसहित १ जना पक्राउ

काठमाडौं, २२ मंसिर । मध्यराति त्रिभुवन विमानस्थलमा १४ केजी  सुन सहित  पक्राउ परेका गोरखाका चन्द्र घलेले ज्याकेट र जुत्तामा लुकाएर सुन ल्याएको भिडियोमा देखिएको छ।

भन्सार कार्यालयले दिएको जानकारी अनुसार दुबईबाट नेपाल आएको फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३  मार्फत घलेले उक्त सुन ल्याएका हुन् । मध्यराति ११ः५६ बजे घलेको साथबाट ज्याकेट र जुत्तामा लुकाई ल्याएको अवस्थामा सुन बरामद गरेको भिडियोमा देखिन्छ।

घलेले बिस्कुट आकारमा सुन ल्याएको र त्यसमा सुन किन्ने र ल्याउने कार्यमा संलग्न रहेको भनिएका गोरखाकै मीन बहादुर घलेलाई समेत नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

Comments are closed.