दूरसञ्चार प्राधिकरणलाई टिकटकले पठायो पत्र (पत्रसहित)

काठमाडाैं । नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइएपछि टिकटक कार्यालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ ।

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि टिकटकले नेपालका विभिन्न सरकारी निकायका प्रतिनिधिसँग यसअघि गरिएको समझदारीबारे स्मरण गराउँदै प्राधिकरणलाई पत्र लेखेकाे हाे ।

नेपाल सरकारकाे निर्णयले चकित भएकाे पत्रमा उल्लेख छ । रचनात्मक अभिव्यक्तिका लागि धेरैले प्रयोग गर्ने प्लेटफर्ममाथि प्रतिबन्ध लगाउनु वाक तथा अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तविपरीत हुने टिकटककाे ठहर छ ।

टिकटकमार्फत व्यवसाय सञ्चालन गरेकाहरु बन्द भएपछि प्रभावित भएका, टिकटकमाथि प्रतिबन्ध लगाइँदा नेपाली युवाहरूलाई आर्थिक रूपमा हानी हुने टिकटककाे ठहर छ ।

नेपालमा टिकटक सञ्चालनका लागि सकरात्मक प्रयास गरेकाे र प्रयोगकर्ताको सुरक्षालाई महत्त्वपूर्ण प्राथमिकतामा राखेर आफूहरुले काम गरेकाे पनि टिकटकले जनाएकाे छ ।

मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार बढी नेपाली भिडिओहरू हटाएको पनि पत्रमा उल्लेख छ । अक्टोबर २०२२ देखि जुन २०२३ सम्मको अवधिमा कम्युनिटी गाइडलाइन्स उलंघन गर्ने नेपाली प्रयोगकर्ताका २९ लाख ८० हजार भिडिओ हटाइएकाे टिकटकले जनाएकाे हाे ।

Comments are closed.