नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा ६ जना प्रतिवादीको बहस सकिएको छ।
प्रतिवादीहरु केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सन्देश शर्मा, सागर राई र इन्द्रजित राईको पनि थुनछेक बहस सकिएको हो।
भोलि पनि बाँकी प्रतिवादीको तर्फबाट बहस हुनेछ।
इन्द्रजित राईका तर्फबाट बालकृष्ण ढकाल, प्रेमबहादुर खत्री, दिलकुमारी राई र कुमार अधिकारीले बहस गरे
सानु र टंकका तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए।
सागर राईका तर्फबाट अधिवक्ताहरू प्रकाश पौडेल, विनोद कार्की, सन्तोष प्रसाद भट्ट र इन्द्र पोखरेलले बहस गरेका थिए। सन्देश शर्माको प्रतिरक्षा भने अधिवक्ताहरू यज्ञ खतिवडा, गोपालराज अर्याल, दिपकराज रेग्मी, सुशीला कार्की र मंगल महर्जनले बहस गरेका थिए।
सबैले आफ्ना पक्षहरूलाई लगाइएको अभियोग पुष्टि हुने आधार र प्रमाण नभएकाले थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गराउन माग गरेका छन्।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.