विराटनगर । विराटनगरको नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन् ।स्टाप नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् ।मोरङ प्रहरीका अनुसार नोबेल अस्पतालअगाडि एक होटलको कोठामा गएराति उनी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ स्थित एक घरमा हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा बाथरुममा शव भेटिएको थियो । शिवशंकर र चिन्द्रिका चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।
शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि चन्द्रिकाको सिराहाका एक युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको प्रहरी अनुसन्धान बाट खुलेको छ ।
चन्द्रिकाले प्रेममा धोका दिएपछि हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । शिवशंकर एक हप्ता अगाडि मात्रै मेलेसियाबाट फर्किएका थिए । घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
Comments are closed.