नागरिकहरुको गुनासो र प्रहरी कार्यप्रतिको जवाफदेहिताको लागी नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८०।१२।२५  जिल्ला रुपन्देही, रोहिणी गाउँपालिका वडा नं। ३ धकधई स्थित सरस्वती थर्क बहादुर रायमाझी धर्मशालामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना तथा इलाका प्रहरी कर्यालय धकधइ रुपन्देहीको सहकार्यमा नागरिकहरुको गुनासो र प्रहरी कार्यप्रतिको
जवाफदेहिताको लागी नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रंजित सिंहराठौरको अध्यक्षता तथा रोहिणी गाउँपलिकाका अध्यक्ष बिद्या प्रसाद यादवको प्रमुख आतित्थ्यतामा स्थानिय जनप्रतिनिधी, पत्रकारहरु, पुर्व प्रहरी कर्मचारीहरु, समाज सेवी,बुद्दिजिवि, स्थानिय आमा समुह, युवा क्लव, नागरिक समाजका मानिसहरु समेत गरी अन्दाजी १३० जनाको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा यस जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले स्वागत मन्तव्य राख्नु भएको तथा कार्यालय प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले शान्ति शुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, लागु औषध नियन्त्रण,चोरी तस्करी नियन्त्रण तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सम्पादन गरीएका कार्यहरुको बारेमा जानकारी दिनुका साथै
सहभागीहरुको तर्फबाट उठेका प्रश्न एवम् गुनासाहरुको सम्बोधन तथा धन्यवाद ज्ञापनगर्दै  कार्यक्रम समाप्त भयो ।

Comments are closed.