नारायणगढ-मुग्लिन सडक दिउँसाे थप तीन साता बन्द हुने

काठमाडाैं । नारायणगढ-मुग्लिन सडकखण्ड दिउँसाेकाे समयमा थप तीन साता बन्द हुने भएकाे छ ।
सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड-नारायणगढ-मुग्लिनले जनाएकाे छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियाे । अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको आयाेजनाले जनाएकाे छ ।
यसअघि तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्का लागि पुस ७ गतेदेखि २८ गतेसम्म ३ साताका लागि सडक बन्द गरेर काम थालिएको थियो । तर तोकिएको समयभित्र पहाड काट्ने काम नसकिएपछि थप ३ साता अर्थात माघ २० गतेसम्म दैनिक ४ घण्टा सडक बन्द गर्ने निर्णय गरिएकाे थियाे ।
साे समयमा पनि काम नसकिएपछि पुन: ३ साता म्याद थपिएकाे हाे ।

Comments are closed.