नारायण दाहाल माओवादीबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाललाई बनाएको छ ।

बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दाहाल प्रधानमन्त्री प्रचण्डका भाइ हुन् ।

फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि भोलि बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।

Comments are closed.