काठमाडौँ । नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो । हस्तान्तरण समारोहको अध्यक्षता संयुक्त राष्ट्रसङ्घका लागि नेपालको नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राईले गरेको नियोगले जनाएको छ । सो अवसरमा राजदूत राईले महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावले खाद्य, ऊर्जा र अल्पविकसित राष्ट्रहरूमा देखिएको आर्थिक सङ्कटका कारण उत्पन्न भएको बहुसङ्कटका बीचमा समूहको सफलतापूर्वक नेतृत्व गरेकोमा मलावीको प्रशंसा गरे । रासस
Trending Now
- Nepal prepares itself for HPV vaccination drive; GAVI provides Anti-cancer ‘HPV’ vaccine doses to Nepal
- Nepal Govt issues travel advisory for citizens visting Myanmar, Thailand, Cambodia and Laos
- Bollywood actor Harry Josh arrived in Kathmandu
- Why does Trump want to purchase Greenland?
- Three killed, including two journalists, in Haiti news conference
- Japan aims to boost annual infrastructure exports to 45 trillion yen
- ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात
- Partly cloudy in Kathmandu Valley today
- Meeting between Prime Minister Oli and the Pakistani Ambassador
- Festivals help to strengthen national unity: President
Comments are closed.